असिनाले चुटरे बालकको मृत्यु

अर्घाखाँची ।अर्घाखाँचीको शितगंगा नगरपालिकामा एक १० बर्षिय वालकको असीनापानीले चुटेर ज्यान गएको छ ।

शितगंगा नगरपालिका वडा नम्वर १२ रजिया रातामाटाका १० बर्षिय विकास नेपालीको गएराती परेको असीनामा चुटिएर ज्यान गएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक प्रकाश बिष्टले बताउनु भयो ।

शुस्थ मनस्थितिका नेपाली हिज दिउसो रजियाको रातामाटको घरबाट हिडेको र डोहोटेको कुडुले जंगलमा बाटोको कुनामा मृत भेटिएका हुन् । बाक्लो असीनाले चुटेरनै बालकको मृत्यु भएको प्रहरीको प्रारम्भीक अनुसन्धान छ ।

घटनाको बारेमा अनुसन्धान भैरहेको छ ।

 
 
  
 

You may also like