यी हुन् नवजात शिशुलाई भोटो र तोरीको तकिया लगाई दिनुका फाइदाहरु

by समतल अनलाइन

काठमाडौं । फेसन अनुसार नवजात शिशुदेखि बालबालिकालाई बजारमा पाइने फेसनेबल लुगा लगाई दिन्छौं तर त्यो स्वास्थ्यका दृष्टिकोणले कत्तिको फाइदाजनक हुन्छ, त्यो कहिल्यै सोच्नु भएको छ ?

आफ्नै नातागोता र छरछिमेकका हजुरआमालाई उनले सोध्नु भयो, किन शिशुको भोटोमा भित्री राख्नुपर्छ ? किन तुना हाल्नुपर्छ, टाँक राख्न मिल्दैन ? शिशु सुताउने तकियामा किन तोरीका दाना हाल्नुपर्छ ?

भोटोको भित्रीका मुख्य दुई काम रहेछन् गर्मी हुँदा यसले पसिना सोस्छ । बाहिरको खस्रो कपडाबाट बालबालिकाको नरम छाला जोगाउँछ । टिकाउका लागि बाहिरी कपडा भित्रीभन्दा अलिक खस्रो नै चाहिन्छ । टाँक लगाउनु हुँदैन । बालबालिकाले खेल्दाखेल्दै निल्न सक्छन् । तुना भयो भने सजिलै सानो ठूलो बनाउन मिल्छ र टिकुन्जेल लगाइदिन पाइन्छ ।

शिशुका भोटो र दौरासुरुवाल सिलाउन सुती कपडा खोजिन्छ किनकि यो पूर्णतः प्राकृतिक हुन्छ र शिशुले चपायो, निल्यो नै भने पनि पचाउन सक्छ ।

तकियाभित्र भरिने तोरीका दानाले शिशुको टाउको सही आकारमा विकसित हुन मद्दत गर्छ । हेर्दा उस्तै देखिने कोदो वा अन्य दाना हाल्नु हुँदैन । तिनीहरू तोरी जस्ता नरम हुँदैनन् । कोदो त छिट्टै धुलिन्छ र खार लाग्छ । त्यसले शिशुको स्वास्थ्यमा असर पर्न सक्छ ।

पोषणविद् डा.अरुणा उप्रेती नेपाली मौलिकताको लुगा टिकाउ हुनुका साथै पूर्णरूपमा प्राकृतिक हुने भएकाले पुनः प्रयोग गर्न मिल्छ । तोरीको तकियाले बालबालिकाको टाउको मिलाउन मद्दत गर्छ भन्छिन् ।

यस्तै हाडजोर्नी विशेषज्ञ डा. प्रकाश द्वारेले नवजात शिशुको हड्डी धेरै नरम हुने भएकाले सानोमा जस्तो आकार दियो त्यस्तै हुने जानकारी दिँदै तोरीको तकियाले शिशुको टाउको मिलाउन मद्दत गर्छ भने ।

उनले बजारमा पाइने टोपीभन्दा पनि नेपाली मौलिक टोपी तुना बाँध्ने खालको चाहिन्छ । जसले टाउको गोलो बनाउनुका साथै चिसोबाट पनि बचाउँछ भने । गोरखापत्र दैनिकबाट

 

 
 
  
 

You may also like