चिनियाँ दुतावासले कूटनीतिक मर्यादा नाघेको सम्पादकहरुको आरोप

by समतल अनलाइन

काठमाडौं । नेपालस्थित चिनियाँ दूतावासले नेपालबाट प्रकाशित अंग्रेजी पत्रिका ‘द काठमाडौं पोष्ट’मा प्रकाशित एउटा लेखलाई आधार बनाएर मंगलबार जारी गरेको विज्ञप्तिप्रति सम्पादकहरुले ध्यानाकर्षण भएको जनाएका छन् ।

१६ जना सम्पादकका तर्फबाट बुधबार जारी वक्तव्यमा चिनियाँ दूतावासको वक्तव्यले कूटनीतिक मर्यादा नाघेको उल्लेख छ ।

चिनियाँ दूतावासको विज्ञप्तिप्रति आपत्ति जनाउँदै सम्पादकहरुको वक्तव्यमा भनिएको छ, ‘कुनै विचार वा समाचार प्रकाशित गरेवापत सम्पादकको नामै उल्लेख गरेर लाञ्छित गर्ने र धम्की दिने कार्यप्रति हाम्रो असहमति छ । त्यस्तो कार्यको हामीस् भत्र्सना गछौं । दुतावासको विज्ञप्तीले कुटनीतिक मर्यादा पनि नाघेको हामी स्मरण गराउँन चाहन्छौं ।’

द काठमाडौं पोस्टले मंगलबार आफ्नो विचार पृष्ठमा सिकागो ट्रिब्युन र द कोरियन हेराल्डमा प्रकाशित इभो डाल्डरको चीनसम्बन्धी लेख साभार गरेको थियो । सोही लेखलाई लिएर चिनियाँ दूतावासले मंगलबार विज्ञप्ति जारी गरेको थियो ।

 
 
  
 

You may also like