महोत्सवबाट आपचौरको कफी र कुर्गा मालिकालाई चिनाउनु पर्छ : सभापति श्रेष्ठ

by समतल अनलाइन

मनोज कार्की
गुल्मी। नेपाली कांग्रेस गुल्मीका सभापति भुवन श्रेष्ठले महोत्सवले गुल्मीको प्रसिद्ध आपचौरको कफी र कुर्गा मालिकालाई देश बिदेशमा चिनाउने बताएका छन ।आठौं दिनको प्रथम मुसिकोट महोत्सवमा प्रमुख अतिथि रहेका नेपाली कांग्रेस गुल्मीका सभापति बोल्दै गुल्मी जिल्लाको प्रसिद्ध क्षेत्र आपचौरलाइ देश बिदेशमा निर्यात गर्न सकेमा आपचौरको मात्र नभइ जिल्लाले पनि मुहार फेर्न सक्ने बताएका हुन ।

कार्यक्रममा मन्तव्य राख्दै सभापति क्षेष्ठले मुसिकोट नगरपालिका पर्यटकिय क्षेत्र वामिको शालिमे दह, ताराखसे, बुदविहार, कुर्घाको मालिका मन्दिर र स्वाँरा होमस्टे, पौदि अमराइको छत्रभुमि मन्दिर, सिता गुफा, तिखेचुलि, मुसिकोटको मुसिकोट दरवार आँपचौरको कफि जस्ता क्षेत्रलाई देश बिदेशमा चिनाइ पर्यटक भित्र्याउन सकेमा जिल्ला तथा नगरपालिकाले स्वदेशी तथा बिदेशी मुद्रा आर्जन गर्न सक्ने बताए ।

महोत्सव सदरमुकाममा मात्र नभई गाउँगाउँमा गर्दा त्यहाँका पर्यटकिय तथा धार्मिक स्थलको प्रचार प्रसार हुने बताए । मुसिकोट नगरपालिकाले महोत्सव सन्चालनको निम्ति १० लाख सहयोग गरेको भन्दै नगरपालिकालाइ पनि धन्यवाद दिए।

२०२० लाई नेपाल सरकारले पर्यटन बर्षको रुपमा लिएको यसै बर्ष मुसिकोटमा महोत्सवमा आन्तरिक तथा बाहय पर्यटक भित्र्याउन सक्ने बताए । महोत्सवको आठौ दिन खेलकुद कार्यक्रमका पुरस्कार बितरण , स्थानीय तथा राष्ट्रिय कलाकारको बेजोड प्रस्तुती रहेको थियो । महोत्सवमा स्थानिय कृषि जन्य सामाग्री , नेपालकै सबै भन्दा ठुलो खुकुरी , घरेलु तथा साना उधोगमा उत्पादित सामाग्री स्टलमा राखिएको थियो ।

गुल्मी मुसिकोटको समृद्धिको आधार कृषि पर्यटन उधोग र व्यापार मुल नाराका साथ यहि माघ १५ गते देखि सुरु भएको महोत्सव माघ २६ गते सम्म संचालन हुने गुल्मी मुसिकोट उधोग बाणिज्य संघ गुल्मीले जानाकारी दिएको छ ।

 
 
  
 

You may also like