कार्यालय तोडफोड र सचिव विष्टलाई गरिएको आक्रमणप्रति काङ्ग्रेसकाे निन्दा

by समतल अनलाइन
399Shares

डडेल्धुरा । नेपाली काङ्ग्रेसका जिल्ला सभापतिहरुले डडेल्धुरा पार्टी कार्यालयका सचिव रामबहादुर विष्टमाथि भएको आक्रमणको निन्दा गरेका छन् ।

काङ्ग्रेसका ६१ जिल्लाका सभापतिले आज संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै केही दिन अघि डडेल्धुरास्थित पार्टी कार्यालयमा अज्ञात समूहले कार्यालय तोडफोड गर्नुका साथै सचिव विष्टलाई आक्रमण गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

काङ्ग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले कार्यालयमा बसिरहेको अवस्थामा सचिव विष्टलाई आक्रमण गर्नु तथा राज्यले घाइते विष्टविरुद्ध उल्टै अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गर्नु कानूनी राज्यको सिद्धान्त विपरीत भएको बताउनुभयो ।

“पीडितविरुद्ध उल्टै मुद्दा दर्ता गर्नु कानून विपरीत हो”, उहाँले भन्नुभयो । काङ्ग्रेस जिल्ला सभापतिहरुले यस्ता प्रकारका घटनाको भत्र्सना गर्दै आगामी दिनमा यस्ता घटना हुन नदिन सरकारसँग आग्रह गरेका छन् ।

You may also like