शनिबार सामान्यतया देशभर मौसम सफा रहने

by समतल अनलाइन

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले शनिबार देशभरको मौसम सामान्यतया सफा रहने जनाएको छ ।

महाशाखाका अनुसार अहिले विहान देशको तराई भू–भागमा कुहिरो र हुस्सु लागेको छ भने अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहेको छ । मध्य र पूर्वी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने महाशाखाले सूचना निकालेर जानकारी दिएको छ ।

शनिबार राति देशको पश्चिमी भू–भागमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहने मौसमविद् मञ्जु बासीले जानकारी दिइन् ।

 
 
  
 

You may also like