9
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदी दुवैको मूल्यमा वृद्धि भएको छ ।
आज सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँले बढेर २ लाख ४२ हजार ८ सय रुपैयाँ पुगेको छ । यसअघि बुधबार सुन प्रतितोला २ लाख ४१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला ३५ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला ३ हजार ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि बुधबार चाँदीको मूल्य प्रतितोला ३ हजार ४० रुपैयाँ रहेको थियो ।

