भोटेकोशी बाढीबाट भएको क्षति सम्बोधन गर्न पूर्ण परियोजना प्रस्ताव पेस गर्न आह्वान

by समतल अनलाइन
7Shares

काठमाडौं । भोटेकोशी बाढीबाट भएको क्षति तथा नोक्सानी सम्बोधन गर्न गठित कोषले पूर्ण परियोजना प्रस्ताव पेस गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थालाई आह्वान गरेको छ ।

कृषि, वन तथा वातावरण मन्त्रालयले सूचना जारी गर्दै नेपालमा रहेका कोषका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यताप्राप्त निकायलाई परियोजनाको पूर्ण प्रस्ताव पेस गर्न आग्रह गरेको हो ।

सूचनाअनुसार प्रस्ताव जलवायु वित्त परिचालन निर्देशिका, २०८२ बमोजिम तयार गर्नुपर्नेछ । मन्त्रालयको जलवायु वित्त तथा विकास समन्वय शाखाले डिसेम्बर ५, २०२६ अर्थात् मंसिर २० गतेभित्र प्रस्ताव स्वीकार गर्ने जनाएको छ ।

पूर्ण परियोजना प्रस्तावको नमुना क्षति तथा नोक्सानी सम्बोधन कोषको आधिकारिक वेबसाइटबाट डाउनलोड गर्न सकिने सूचनामा उल्लेख छ ।

प्रस्तावसम्बन्धी जानकारी तथा सहयोगका लागि मन्त्रालयले ९८५१२७११२३ नम्बर र [email protected] इमेलमार्फत सम्पर्क गर्न सकिने जनाएको छ ।

You may also like