सुनको मूल्य तोलामा २ हजार ८०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

by समतल अनलाइन
72Shares

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आउने क्रम जारी रहेको छ। आइतबार सुनको मूल्य प्रतितोला २ हजार ८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आइतबार सुन प्रतितोला २ लाख ४२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ४५ हजार ४०० रुपैयाँ रहेको थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँले घटेको छ। महासंघका अनुसार आइतबार चाँदी प्रतितोला ३ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ।
सुनचाँदी दुवैको मूल्यमा आएको गिरावटसँगै स्थानीय बजारमा यसको प्रभाव परेको छ।

You may also like