कावासोतीमा यात्रुवाहक बस दुर्घटना, ३३ जना घाइते, चालक प्रहरी नियन्त्रणमा

by समतल अनलाइन
24Shares

नवलपरासी । धनगढीबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोतीमा दुर्घटना हुँदा ३३ जना घाइते भएका छन्। दुर्घटनामा घाइते हुने सबैको पहिचान खुलेको प्रहरीले जनाएको छ।
आइतबार बिहान करिब ६ः४० बजे कावासोती नगरपालिका–११ लोकाहास्थित पूर्व–पश्चिम राजमार्गमा सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४७५ नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिएको थियो।
प्रहरीका अनुसार बसमा चालकसहित ४१ जना सवार थिए। सुरुमा २५ जना घाइते भएको विवरण आए पनि पछिल्लो विवरणअनुसार घाइतेको संख्या ३३ पुगेको हो।
घाइतेमध्ये एक जनालाई उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज र अन्य ३२ जनालाई मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डा पठाइएको छ।
दुर्घटनामा कैलाली, दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर, डोटी, अछाम र धनुषाका यात्रु घाइते भएका छन्।

You may also like