60
काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
आज बिहान ६ः१० बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको गाडी सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटना भएको हो।
दुर्घटनाका बेला गाडीमा १५ जना सवार रहेको र उनीहरूमध्ये १० जनाको मृत्यु भएको छ। पाँच जना घाइते भएका छन्।
घटनाबारे जानकारी दिँदै सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले दुर्घटनामा १० जनाको मृत्यु भएको र पाँच जना घाइते भएको पुष्टि गरेका छन्।
दुर्घटनाको थप विवरण आउन बाँकी छ।

