‘रामायण’को बक्स अफिसमा तहल्का, पहिलो सातामै ९३४ करोड भारुभन्दा बढी कमाइ

by समतल अनलाइन
52Shares

काठमाडौँ । बलिवुड फिल्म ‘रामायण’ ले प्रदर्शनको शानदार कमाई जारी राखेको छ ।

नोभेम्बर ५ मा प्रदर्शनमा आएको फिल्मले विश्व बक्स अफिसमा पहिलो साता बम्पर कमाई गरेको छ । भारतमा फिल्मले पहिलो साता ५११.१० करोड कमाई गरेको छ भने भारत बाहिर ३२३.५ करोड कमाई गरेर कुल ९३४.५५ करोड भारु कमाएको साकनिल्कले उल्लेख गरेको छ ।

फिल्मले घरेलु बक्स अफिसमा पहिलो दिन ६४.८५ करोड भारु कमाएकोमा दोस्रो दिन ४८.५ करोड भारु, तेस्रो दिन ६९.८० करोड, चौथो दिन ५६.१५ करोड र पाँचौं दिन १०७.५ करोड भारु कमाएको छ । त्यस्तै छैटौं दिन ९४.१० करोड र सातौं दिन ७०.६५ करोड कमाई गरेको छ ।

मिडिया रिपोर्टका अनुसार फिल्मका दुवै भाग निर्माण गर्न करिब ४ हजार करोड भारु खर्च हुँदैछ । यो बजेटसँगै फिल्म विश्वकै महँगा चलचित्रमध्ये एक बनेको छ । पहिलो भागका लागि नै २ हजार करोड भन्दा बढी खर्च भएको भनिएको यो फिल्मले लगानी नउठाएमा दोस्रो भाग बन्ने विषय अनिश्चित हुने समेत बताइएको छ ।
नितेश तिवारीको निर्देशनमा बनेको फिल्ममा रणवीर कपुर, यश, साई पल्लवी, सनी देओल, रवि दुबे, अनुपम खेरलगायत कलाकारको अभिनय रहेको छ ।

You may also like