श्रीमानको रड प्रहारबाट श्रीमतीको हत्या

by समतल अनलाइन
57Shares

चितवन । चितवनको भरतपुरमा फलामको रड प्रहार गरी श्रीमान्ले आफ्नै श्रीमतीको हत्या गरेका छन्।
प्रहरीका अनुसार स्याङ्जा घर भई हाल भरतपुर महानगरपालिका–४ त्रिचोकमा डेरा गरी बस्दै आएका ३० वर्षीय सुमन राना मगरले आफ्नै ३२ वर्षीया श्रीमती सपना मगरको हत्या गरेका हुन्।
घरायसी विवादका क्रममा सुमनले श्रीमतीको टाउकोमा फलामको रड प्रहार गरी कुटपिट गरेका थिए। गम्भीर घाइते भएकी सपनाको डेरा कोठामै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले सुमनलाई पक्राउ गरेको छ।
हत्याको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

You may also like