काठमाडौं । बर्दियाको बाँसगढी नगरपालिका–५ मोतिपुर जंगलस्थित भित्री सडकखण्डमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा एक जना सामान्य घाइते भएका छन् ।
मृत्यु हुनेमा गुलरिया नगरपालिका–११ निवासी २४ वर्षीय ओमकार थारु रहेका छन् । घाइते अवस्थामा उपचारका लागि भारतको लखनउ लैजाने क्रममा उनको मृत्यु भएको हो ।
दुर्घटनामा बारबर्दिया नगरपालिका–३ निवासी २५ वर्षीय आशिष थारु तथा भारतको लौकाइ निवासी १८ वर्षीय सहाबुदिन खान र २०/२२ वर्षीय जमाल खान गम्भीर घाइते भएका छन् । बाँसगढी नगरपालिका–७ निवासी १८ वर्षीय रमन थारु सामान्य घाइते भएका थिए। उनको उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेको छ।
प्रहरीका अनुसार मंगलबार विपरीत दिशाबाट आइरहेका भे ५ प ९१६१ र भे ११ प ८५६७ नम्बरका मोटरसाइकल ठोक्किएका थिए । दुर्घटनामा संलग्न दुवै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

