29
दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर ६ वर्षीय बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–६ गोलौराका खडक सिंह डाँगीका छोरा किशन डाँगी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार राजपुर गाउँपालिका–७ हाटबासस्थित मामाघर आएका किशन नुहाउने क्रममा राप्ती नदीमा डुबेका थिए।
नदीमा डुबेर अचेत भएका उनलाई तत्काल उद्धार गरी उपचारका लागि लमही अस्पताल पुर्याइएको थियो। तर अस्पताल पुर्याउनेबित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए।
बालकको शव हाल लमही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

