पार्टीको आधिकारिकता हामीले नै पाउछौं- डा. प्रकाशशरण महत

by समतल अनलाइन
27Shares

काठमाडौं । नेपाली कांग्रेस शेरबहादुर देउवा समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको आधिकारिकता पाउने दाबी गरेका छन् ।

शनिबार कांग्रेस देउवा समूहको काठमाडौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै डा. महतले सर्वोच्च अदालतको रिभ्युमार्फत आफुहरुले नै आधिकारिकता पाउने बताएका हुन् ।

नेता महतले कांग्रेसको विचार, सिद्धान्त र आदर्शलाई आफूहरूले बोकिरहेको बताउदै कांग्रेसको आत्मा शेरबहादुर देउवाले नेतृत्व गरेको कांग्रेसमा नै रहेको टिप्पणी गरे ।

नेता महतले गगन थापा नेतृत्वको कांग्रेसले प्रजातान्त्रिक समाजवादी विचार छाडेको आरोपसमेत लगाए । थापाले कांग्रेसको संस्कारसमेत त्यागेको र व्यक्तिवादी बाटोमा हिँडिरहेको आरोप लगाउदै उनले नेता कार्यकर्तालाई अझ सक्रिय हुन आग्रह गरे ।

उनले अब सामाजिक सञ्जालमा समेत सक्रिय हुनुपर्ने बताउदै अहिले पार्टीमा र देशमा नै सामाजिक सञ्जालमा भ्रम फैलाइएको आरोप लागाए ।

You may also like

This will close in 0 seconds