सुनको मूल्य बढ्यो, चाँदी घट्यो

by समतल अनलाइन
40Shares

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन प्रतितोला ३०० रुपैयाँले बढेको छ भने चाँदी ५० रुपैयाँले घटेको छ।

महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला तीन हजार ९३० रुपैयाँ निर्धारण गरिएको छ।

बुधबार छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, चाँदीको मूल्य प्रतितोला तीन हजार ९८० रुपैयाँ रहेको थियो।

बुधबारको तुलनामा सुनको मूल्य बढ्दा चाँदीको भाउ भने घटेको हो।

You may also like