बसभित्र आगो लगाउनुअघि चालक दावा लामा र ट्राफिक प्रहरीबीच भएको थियो भनाभन

by समतल अनलाइन
10Shares

काठमाडौं राहदानी विभाग अगाडि बसभित्रै आगो लगाएर आत्मदाहको प्रयास गर्नुअघि चालक दावा लामा र ट्राफिक प्रहरीबीच भनाभन भएको पाइएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा ऋद्धिसिद्धि यातायातका चालक दावा लामा र प्रहरीको टोलीबीच भनाभन भएको देखिन्छ ।

दावा ललितपुरको बागमती नगरपालिका-७ निवासी हुन् । अनावश्यक हर्न बजाएको विषयमा चालक लामा र प्रहरीबीच वादविवाद भएको देखिएको छ । ट्राफिक प्रहरीसँग भनाभन भएपछि उनले बसभित्रै आगो लगाएका थिए ।

ट्राफिक प्रहरीसँगको भनाभनका क्रममा चालक लामाले आफूले गल्ती नगरेको भन्दै जरिवाना नतिर्ने अडान राखेका थिए ।

हाल उनको चिन्ताजनक अवस्थामा कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ । त्रिपुरेश्वरमै यसअघि पठाओ चालक गणेश नेपालीले पनि आत्मदाहको प्रयास गरेका थिए। पछिल्लो घटनाले नागरिक र राज्य संयन्त्रबीचको व्यवहार तथा गुनासो सम्बोधनको अवस्थामाथि समेत प्रश्न उठाएको छ।

You may also like