बाख्रीको मासुलाई खसीको भन्दै बेच्ने मासु पसल सञ्चालक पक्राउ

by समतल अनलाइन
45Shares

भैरहवा । बाख्रीको मासुलाई खसीको मासु भन्दै बिक्री गरी उपभोक्तालाई ठगी गरेको आरोपमा रुपन्देही प्रहरीले एक मासु पसल सञ्चालकलाई पक्राउ गरेको छ।

सिद्धार्थनगर नगरपालिका–८ स्थित आजम मासु पसलका सञ्चालक ३९ वर्षीय आजम कुरेसीलाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको टोलीले आइतबार बिहान पसलमा छापा मारेको थियो। सो क्रममा बाख्रीको मासुलाई खसीको मासु भन्दै बिक्री गरिरहेको अवस्थामा मासुसहित कुरेसीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

कुरेसीविरुद्ध कालोबजारीसम्बन्धी कसुरमा मुद्दा चलाउन जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट ५ दिनको म्याद थप गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी दिए।

You may also like