भोटेकोशी बाढीपीडितका लागि स्कलर्स होम परिवारको २ लाख २ हजार १११ रुपैयाँ सहयोग

by समतल अनलाइन
33Shares

भोटेकोशी बाढीपीडितका लागि स्कलर्स होम परिवारको २ लाख २ हजार १११ रुपैयाँ सहयोग

बुटवल । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउन स्कलर्स होम माध्यमिक विद्यालय परिवारले २ लाख २ हजार १११ रुपैयाँ सहयोग गरेको छ।

विपद्को समयमा पीडित परिवारको साथमा उभिने उद्देश्यले विद्यालयका विद्यार्थी, शिक्षक–कर्मचारी, अभिभावकसहित समग्र विद्यालय परिवारको सहभागितामा रकम संकलन गरिएको हो। संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको विद्यालयले जनाएको छ।

विद्यालयले बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्मा परेका नागरिकलाई तत्काल राहत, उद्धार र आवश्यक सहयोग उपलब्ध गराउन सबै पक्ष सक्रिय हुनुपर्नेमा जोड दिएको छ।

मानवीय सेवाको भावनासहित सञ्चालन गरिएको अभियानमा विद्यार्थी तथा विद्यालय परिवारबाट उत्साहजनक सहभागिता भएको विद्यालयले जनाएको छ। सहयोग अभियानमा सहभागी सबैप्रति विद्यालयले धन्यवादसमेत व्यक्त गरेको छ।

विद्यालय परिवारले विपद्को पीडामा परेको समुदायलाई गरिएको सहयोगले राहतका साथै पीडितमा आशा जगाउने विश्वास व्यक्त गरेको छ। साथै, प्रभावित नागरिकको उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायलाई आवश्यक पहल तीव्र बनाउन आग्रह गरेको छ।

You may also like