शेयर बजारमा सामान्य सुधार, नेप्से २५२२.६६ विन्दुमा

by समतल अनलाइन
27Shares

काठमाडौँ । नेप्सेमा आज वृद्धि आएको छ । आज मंगलबार नेप्से ९.२४ अंकले बढेर २५२२.६६ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३४१ कम्पनिका ७६ लाख १३ हजार ६८१ कित्ता शेयर २ अर्ब ९० करोड ६९ लाख ४३ हजार ६३३ मा कारोबार भएको थियो । आज उत्पादन बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

आज, सबैभन्दा बढी माथिल्लो मैलुंग खोला जलविद्युतको शेयर ७.१५ प्रतिशतले बढेको छ भने एमबीएल इक्विटीको शेयर ५.८८ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी उपकर लघुवित्तको शेयर ८.४८ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी सोलु हाइड्रोको १३ करोड ८२ लाख बराबरको कारोबार भएको छ भने शिभम सिमेन्टको १३ करोड ६३ लाख बराबरको कारोबार भएको छ ।

You may also like