भोटेकोसी बाढीपीडितका लागि गौतम बुद्ध मुटु अस्पतालको ११ लाख ११ हजार सहयोग

by समतल अनलाइन
31Shares

बुटवल।भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि गौतम बुद्ध सामुदायिक मुटु अस्पतालले ११ लाख भन्दा बढी आर्थिक सहयोग गरेको छ।

बुटवलस्थित अस्पतालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा अस्पतालको तर्फबाट र कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी लगायतका कर्मचारीहरूको तर्फबाट गरी ११ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको हो।
अस्पताल सञ्चालक समितिको मङ्गलवार बसेको बैठकबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन लगायतका जिल्लाहरूमा बाढीका कारण ठुलो मानवीय तथा भौतिक क्षति भइरहेको अवस्थामा राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउने गरी उक्त रकम सहयोग गर्ने निर्णय गरिएको अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिए।

अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी लगायतका कर्मचारीहरूको एक दिनको तलब बराबरको ४ लाख ४८ हजार १२५ रुपैयाँ र बाँकी ६ लाख ६२ हजार ९८३ रुपैयाँ अस्पतालबाट गरी ११ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरिएको अध्यक्ष आलमले बताए।

You may also like