97
बुटवल । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले लागुऔषध कारोबारीमाथि गोली चलाएको छ। ब्यूरोको भैरहवा शाखाबाट खटिएको टोलीले लागुऔषध कारोबारमा संलग्न दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिने क्रममा चार राउण्ड गोली चलाएको हो।
प्रहरीका अनुसार पक्राउ परेका दुवै जना भारतीय नागरिक हुन्। उनीहरूको परिचय भने प्रहरीले सार्वजनिक गरेको छैन।
लागुऔषध नियन्त्रण ब्यूरोका एक अधिकृतका अनुसार उनीहरूलाई नियन्त्रणमा लिने क्रममा चार राउण्ड फायर गरिएको हो। घटनाका क्रममा प्रहरीले १५८ ग्राम खैरो हेरोइन बरामद गरेको ब्यूरो स्रोतले जनाएको छ।
पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले थप विवरण सार्वजनिक गर्ने तयारी गरेको छ।

