57
बुटवल । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ स्थित दानो नदी किनारमा करिब ४ वर्षीया बालिकाको शव फेला परेको छ।
इलाका प्रहरी कार्यालय लुम्बिनीका अनुसार शनिबार साँझ करिब ६ः४५ बजे अजमा घाट नजिकै दानो नदीको किनारमा बालिका मृत अवस्थामा फेला परेकी हुन्।
बालिकाको नाम, थर र ठेगाना हालसम्म खुल्न सकेको छैन। उनको वर्ण गहुँगोरो रहेको, खैरो रङको टी–सर्ट र रातो कट्टु लगाएको तथा बायाँ खुट्टामा कालो धागो बाँधिएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक होमनाथ रेग्मीले जानकारी दिनुभयो।
प्रहरीले मृतक बालिकालाई चिन्नुहुने वा उनको बारेमा कुनै जानकारी हुने व्यक्तिलाई नजिकको प्रहरी कार्यालय वा इलाका प्रहरी कार्यालय लुम्बिनीमा सम्पर्क गरी जानकारी गराइदिन आग्रह गरेको छ।

