बुटवलमा जुवा खेलिरहेका ९ जना पक्राउ, १ लाख ३२ हजार नगद बरामद

by समतल अनलाइन
121Shares

बुटवल । बुटवल प्रहरीले जुवा खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूको साथबाट १ लाख ३२ हजार रुपैयाँ नगदसमेत बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार बुटवल उपमहानगरपालिका–३ गोलपार्कमा घर भाडामा लिएर जुवा सञ्चालन गर्दै आएका दम्पतीसहित ९ जनालाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा ५३ वर्षीया शिवानी शाही र उनका श्रीमान् देवकुमार शाही रहेका छन्। उनीहरूले जापानमा बस्ने एक व्यक्तिको घर पूरै भाडामा लिएर जुवा सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ।
गोलपार्कमा भाडाको घरमा जुवा सञ्चालन भइरहेको सूचना पाएपछि बिहीबार प्रहरीले छापा मारेको थियो। सो क्रममा जुवा खेलिरहेका अन्य व्यक्तिसहित शाही दम्पतीलाई पक्राउ गरिएको हो।

प्रहरीका अनुसार पक्राउ परेका अन्य व्यक्तिहरू बुटवल र पाल्पाका विभिन्न स्थानका जुवाडे हुन्। प्रहरीले उनीहरूको नाम भने सार्वजनिक गरेको छैन।

प्रनाउ श्रीवास्तवले बरामद रकम जफत गरी पक्राउ परेकाहरूमाथि जुवा ऐनअन्तर्गत कारबाही प्रक्रिया अघि बढाइने जानकारी दिएका छन्।

You may also like