मकवानपुरबाट पेस्तोल र म्यागजिनसहित १९ वर्षीय युवा पक्राउ

by समतल अनलाइन
42Shares

हेटौँडा । मकवानपुरको बागमती गाउँपालिका–०९ बेतिनी अगौटेबाट प्रहरीले एक थान पेस्तोल र त्यसको म्यागजिनसहित एक जनालाई पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा सोमबार खटिएको प्रहरी टोलीले स्थानीय १९ वर्षीय टेकबहादुर सिङतानको घरमा छापामारी हतियार बरामद गरेको हो। प्रहरीका अनुसार सिङतानको बालुवा-सिमेन्टले बनेको दुईतले घरको माथिल्लो तलाको चोटामा रहेको जेब्रा झोलाभित्र रातो टी–सर्ट र रातो प्लास्टिकले बेरेर राखिएको अवस्थामा हतियार फेला पारिएको थियो।

बरामद गरिएको हतियारमा लेखिएको एउटा पेस्तोल र सोही हतियारमा लाग्ने एउटा म्यागजिन रहेको छ। घटनामा संलग्न सिङतानलाई नियन्त्रणमा लिई हतियार कसरी र कुन प्रयोजनका लागि ल्याइएको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

You may also like