चितवनको खैरहनीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

by समतल अनलाइन
41Shares

चितवन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको खैरहनी नगरपालिका–०१ स्थित शाहीचोकमा बसको ठक्करबाट सोमबार बिहान एक पैदलयात्रीको मृत्यु भएको छ।

महोत्तरीबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ख २७२८ नम्बरको बसले बाटो काट्दै गरेका अन्दाजी ३५ वर्षीय पुरुषलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका उनलाई प्रहरीले घटनास्थलबाट उद्धार गरी उपचारका लागि सरकारी अस्पताल भरतपुर पठाएकोमा चिकित्सकले बिहान ३:१५ बजे मृत घोषणा गरेका हुन्।

मृतकको हालसम्म नाम, थर र ठेगाना खुल्न नसकेको चितवन प्रहरीले जनाएको छ। घटनापछि प्रहरीले बस र चालक धादिङको नीलकण्ठ नगरपालिका–१४ बस्ने ४४ वर्षीय जितेन्द्र बहादुर गुरुङलाई नियन्त्रणमा लिएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ।

You may also like