42
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १४३ जना घाइते भएका छन् ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा काठमाडौँ उपत्यकामा २ जना र मधेश, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा एक एक जनाको मृत्यु भएको छ ।
त्यस्तै देशभर भएका दुर्घटनामा १४३ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ३९ जना घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा १७ जना घाइते भएका छन् । त्यस्तै कोशीमा २२ जना, बागमतीमा ८ जना घाइते भएका छन् भने लुम्बिनीमा २८ जना, सुदूरपश्चिममा ११ जना, गण्डकीमा १ जना र कर्णालीमा १७ घाइते भएका छन् ।


