भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासीसँग जग्गाका लागि निवेदन आह्वान

by समतल अनलाइन
52Shares

काठमाडौं । सरकारले भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासीहरूका लागि अन्तिमपटक जग्गा वितरण तथा व्यवस्थापनसम्बन्धी निवेदन आह्वान गरेको छ।

भूमि समस्या समाधान समितिले एक सूचना जारी गर्दै जग्गा प्राप्तिका लागि तोकिएको ढाँचामा फाराम भरी ३५ दिनभित्र निवेदन दिन आग्रह गरेको हो।

समितिले प्रकाशन गरेको सूचनाअनुसार साउन ४ गतेदेखि लागू हुने गरी ३५ दिनको समयसीमा दिइएको छ। सम्बन्धित स्थानीय तहहरूले वडास्तरमा तोकेका स्थानहरूमा खटिएका लगत संकलकहरूमार्फत आफ्नो निवेदन पेश गर्नुपर्ने व्यवस्था मिलाइएको छ।

भूमिहीन दलित र सुकुमवासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीको यथोचित व्यवस्थापन गर्ने उद्देश्यसहित यो प्रक्रिया बढाइएको हो।

You may also like