37
सिरहा।सिरहाको गोलबजार नगरपालिका–७, चोहर्वास्थित पुरानो पशु हाटबजार परिसरमा पानी जमेको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ।
मृत्यु हुनेमा अवास शेखका १२ वर्षीया सबनम खातुन,१० वर्षीया रुबिना खातुन, ७ वर्षीय साइफुल शेख प्रहरीका अनुसार आइतबार दिउँसो करिब ३:३० बजे घरबाट खेल्न निस्किएका पाँच सन्तानमध्ये तीन जना पशु हाटबजार परिसरमा रहेको पानी जमेको खाल्डोमा पुगेका थिए। प्रारम्भिक अनुसन्धानले नुहाउने क्रममा उनीहरू डुबेको देखाएको छ।
घटनापछि स्थानीयवासी, पत्रकार राहुल राय र सुरक्षाकर्मीको सहयोगमा उनीहरूलाई उद्धार गरी अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका छन्।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

