बुटवल । बुटवलको कान्ति माध्यमिक विद्यालय उत्कृष्ट विद्यालयका रूपमा सम्मानित भएको छ ।
सामाजिक विकास डिभिजन कार्यालय, भैरहवा (रुपन्देही) ले आयोजना गरेको ‘उत्कृष्ट शिक्षक तथा विद्यालय सम्मान कार्यक्रम’ मा बुटवल उपमहानगरपालिकाको सिफारिसमा कान्ति माध्यमिक विद्यालय, बुटवल उत्कृष्ट विद्यालयका रूपमा सम्मानित भएको हो ।
विद्यालयले शैक्षिक गुणस्तर अभिवृद्धि, प्रभावकारी विद्यालय व्यवस्थापन, विद्यार्थीमैत्री सिकाइ वातावरण तथा समग्र शैक्षिक विकासमा पुर्याएको योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरिएको हो । विद्यालयका प्राचार्य गोविन्द्र ज्ञावलीले शिक्षक, विद्यार्थी, कर्मचारी र अभिभावकको लगनशिलताका कारणले नै सफलता हासिल गर्न सफल भएको बताए ।
यसै कार्यक्रममा कालिका मानवज्ञान माध्यमिक विद्यालयका शिक्षक कृष्णप्रसाद गौतम, युवराज कंडेल र गुणाखर भट्टराई उत्कृष्ट शिक्षकका रूपमा सम्मानित भएका छन्।

