पोखरा एभेन्जर्स र कर्णाली याक्सका ७-७ खेलाडी रिटेन

by समतल अनलाइन
38Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को टिम पोखरा एभेन्जर्सले मार्की खेलाडी कुशल भुर्तेलसहित सात खेलाडीलाई रिटेन गरेको छ ।

पोखरा एभेन्जर्सले आगामी सिजनका लागि भुर्तेलसहित सागर ढकाल, अर्जुन कुमाल, विपिन खत्री, आकाश चन्द, किरण ठगुन्ना र दिनेश खरेललाई रिटेन गरेको हो ।

त्यस्तै पोखराले रोहित चन्द, सन्दीप क्षेत्री, कृष्ण पौडेल, तृतराज दास र अभिषेक तिवारीलाई रिलिज गरेको छ ।

यसअघि शनिबार कर्णाली याक्सले मार्की खेलाडी सोमपाल कामीसहित ७ जना खेलाडीलाई रिटेन गरेको थियो । कर्णाली याक्सले मार्की खेलाडी सोमपाल कामी, गुल्सन झा, नन्दन यादव, दिपक प्रसाद डुम्रे, पवन सर्राफ, युनिस विक्रम सिंह ठकुरी र युवराज खत्रीलाई तेस्रो सिजनका लागि रिटेन गरेको हो ।

त्यस्तै कर्णालीले अर्जुन घर्ती, दिपेन्द्र रावत, विपिन प्रसाद शर्मा, मनिष थापा र इमरान शेखलाई तेस्रो सिजनको लागि रिलिज गरेको छ ।

You may also like