हिउँमाथि विद्यालयको पठनपाठन (फोटोफिचर)

by समतल अनलाइन

बाजुरा । अघिल्लो बिहीबार रातिदेखि आइतबारसम्म लगातार ३ दिनसम्म परेको हिउँका कारण पहाडी तथा हिमाली क्षेत्रका कतिपय स्थानहरुमा हिउँले ढाकेको छ ।

उच्च हिमपात परेपछि कतिपय स्थानको दैनिकमा समेत असर गरेको छ । यस्तै भएको छ बाजुरा जिल्लाको हिमाली क्षेत्रमा पनि । त्यहाँको विद्यायलयमा हिउँकै थुप्रोमाथि विद्यार्थीहरुलाई राखेर अध्यापन गराउनुपर्ने बाध्यता रहेको छ ।

सकसका साथ विद्यार्थीहरु हिउँमाथि बसेर पढ्न बाध्य समेत भएका छन् । हिमपातकै कारण बाजुराको हिमाली क्षेत्रमा रहेका दर्जन बढि बिद्यालयको पढाई प्रभाबित भएको छ । हिमपातका जिल्लाका हिमाली गाउँपालिका बुढिनन्दा नगरपालिका, बढिमालिका नगरपालिका र गौमुल गाउँपालिकाका अधिकांसं बिद्यालयहरुको पढाई प्रभाबित भएको हो ।

तिन दिनसम्म परेको अविरल वर्षा र हिमपातका कारण बिद्यालयमा पठनपाठन गर्न निकै गाह्रो भएको बडिमालिका नगरपालिका वडा न ७ मा रहेको सरोस्वती निम्न माद्यामीक बिद्यालयका शिक्षक बलबहादुर रोकायाले बताए । हिउँद सुरु भएसंगै आकाशमा बादल लाग्ने बित्तिकै हिउँ पर्न सुरु हुने यस ठाउँमा हिउदमा धेरै दिन बिद्यालयको पढाई प्रभावित हुने गरेको शिक्षक रोकायाको कथन छ ।

हिमाली गाउँपालिकाका र गौमुल गाउँपालिका बुढिनन्दा नगरपालिका र बडिमालिका नगरपालिकाका अधिकासं क्षेत्रमा धेरै हिमपात हुँदा स्कुले बालबालिकालाई विद्यालय जान अप्ठ्यारो भएको जिल्ला शिक्षा समन्वय कार्यालय बाजुराले जनाएको छ ।

 
 
  
 

You may also like