जेठ २४ देखि २९ सम्म बुटवलमा यामाहाको बेस्ट एक्सचेन्ज, ६ हजार छुट र निःशुल्क हेल्मेट

by समतल अनलाइन
65Shares

बुटवल । यामाहा मोटरसाइकल तथा स्कुटरका ग्राहकलाई लक्षित गर्दै बुटवलमा ‘बेस्ट एक्सचेन्ज’ योजना सञ्चालनमा आएको छ। जेठ २४ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने यस योजनामार्फत ग्राहकले आफ्नो पुरानो मोटरसाइकल साटेर नयाँ यामाहा खरिद गर्दा विभिन्न आकर्षक सुविधा प्राप्त गर्नेछन्।

कालिकानगरस्थित बाइकर्ज बुटवल प्रालिमा सञ्चालन भइरहेको योजनाअन्तर्गत ग्राहकले ६ हजार रुपैयाँसम्म नगद छुट, निःशुल्क हेल्मेट, पुरानो सवारीको उच्च मूल्याङ्कन (हाई भ्यालु एडिसन), स्पट एक्सचेन्ज तथा सहज फाइनान्स सुविधा प्राप्त गर्न सक्नेछन्।

योजनाको विशेष आकर्षणका रूपमा ‘खिचाइ साथमा, चाबी हातमा’ अवधारणा अघि सारिएको छ। कम्पनीका अनुसार ग्राहकले आवश्यक दुईवटा प्रक्रिया पूरा गरेपछि नयाँ मोटरसाइकलको चाबी तत्काल प्राप्त गर्न सक्नेछन्।

त्यसैगरी, फाइनान्स प्रक्रियालाई थप सहज बनाउँदै गारेन्टर, होम भिजिट वा आय विवरण (इनकम स्टेटमेन्ट) आवश्यक नपर्ने व्यवस्था समेत गरिएको कम्पनीले जनाएको छ।

सीमित अवधिका लागि ल्याइएको यो योजनाले पुरानो सवारी बिक्रीको झन्झट हटाई नयाँ यामाहा मोटरसाइकल तथा स्कुटर खरिद गर्न इच्छुक ग्राहकलाई विशेष लाभ पुग्ने विश्वास कम्पनीको छ। योजनाबारे थप जानकारीका लागि इच्छुक ग्राहकले बाइकर्ज बुटवल प्रालि, योजनासम्बन्धी थप जानकारी तथा बुकिङका लागि ग्राहकले 071-590514, 9709019203, 9709019205 र 9709019500 नम्बरमा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ।

You may also like

This will close in 0 seconds