सहकारी विभागको रोहवरमा बुद्ध दर्शन सहकारीबाट ३४ जनाको वचत रकम फिर्ता

by समतल अनलाइन
71Shares

काठमाडौँ । काठमाडौँ महानगरपालिका सहकारी विभागको रोहबरमा बुद्ध दर्शन सेभिङ् एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडले ३४ जना बचतकर्ताको बचत रकम फिर्ता दिएको छ ।

महानगरपालिकाको वडा नम्बर ६ मा सञ्चालित सहकारी संस्थाले आज १ लाख ५० हजार रुपियाँसम्म बचत गर्ने ७० जना बचतदाता सदस्यहरुलाई बचत रकम फिर्ता लिन विभागमा बोलाइएको थियो । यसरी बोलाइएका मध्ये ३४ जनाले बचत फिर्ता लिएकाह उन । सहकारीले आगामी १ महिनाभित्र ५ लाख रुपियाँसम्म बचत गर्ने बचतकर्ताको रकम फिर्ता दिने योजना बनाएको छ । सहकारीमा कम बचत गर्नेले १ हजार ११५ रुपियाँ र धेरै बचत गर्नेले ८० लाख रुपियाँसम्म रकम जम्मा गरेको छ ।

सहकारी विभागले बचत फिता र ऋण असुली दुवै प्रक्रियामा सहजीकरण गरिरहेको छ । यो प्रक्रिया वडाबाट प्रारम्भ हुन्छ । वडा अध्यक्षलाई सम्बोधन गरेर निवेदन दिएपछि वडा महिला सञ्जालबाट छलफल र मेलमिलापको प्रक्रिया थालनी हुन्छ । सहकारीको चेक बाउन्स वा ऋणीको चेक बाउन्सका हकमा म्याद भित्र निवेदन प्राप्त हुन आए कारवाहीका विभागले शिफारिस गर्ने, काफ्लेले जानकारी दिए ।

वडा स्तरको मेलमिलापबाट नटुङ्गिएमा विभागले मिलाउन प्रयास गर्छ । यस क्रममा संस्थाका सञ्चालक सम्पर्कमा आउन अटेर गरेमा कारबाहीका सिफारिस गरिन्छ । ऋणीले ऋण भुक्तानी नगरे कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस पठाइन्छ । यस प्रक्रियाबाट एकमुष्ट वा किस्तामा बचत रकम र ऋण फिर्ता हुने गरेको छ । संस्था बन्द गरेकाको हकमा सम्पर्कमा नआउनेका हकमा एसएमएस र पत्रमार्फत सूचना दिने तथा कारवाहीका लागि पठाउने गरिएको छ ।

काठमाडौँ महानगरपालिकाभित्रका ७२६ वटा सहकारी संस्था सम्पर्कमा छन् । १ हजार १८६ वटा संस्था सम्पर्कमा छैनन् । वडा महिला सञ्जाललाई सहकारी संस्था नियमन व्यवस्थापन सम्बन्धी काम गर्न सहकारी विभागबाट जिम्मेवारी प्रदान महानगरपालिकाको सहकारी विभागले वडा महिला सञ्जाललाई पत्र पठाएर सहकारीका सिद्धान्त, व्यवसाय प्रवर्र्धन तथा सुशासन कायम राख्न सहयोग तथा समन्वयको भूमिका निर्वाह गर्न जिम्मेवारी दिएको छ ।

यस कामका लागि वडा महिला सजालका संयोजक र सदस्यहरुको सम्लग्नता रहनेछ । मेलमिलाप तथा छलफलका लागि सहकारी संस्थाको तर्फबाट सहकारी संस्थाका प्रतिनिधि, ऋणीका हकमा स्वयं ऋणी तथा बचतकर्ताका हकमा स्वयं बचतकर्ता सहभागी हुनेछन् । यसका लागि काठमाडौँ महानगरपालिका क्षेत्राधिकार भइ सम्बन्धित वडा क्षेत्रमा पर्ने सहकारी संस्था सम्बन्धी बचतकर्ताको बचत रकम फिर्ताको एकल वा संयुक्त निवेदन लिनेछ । सहकारी संस्था वा ऋणीलाई एसएमएस पोर्टलबाट वा पत्राचारका माध्यमबाट सम्पर्क गरेर बोलाउनेछ । मेलमिलापका लागि संस्थाको नाम, ठेगाना, दावी गरिएको रकम सम्बन्धी विवरण, सम्पर्क नम्बर, तमसुक सहितको अभिलेख लिनेछ । छलफल र मेलमिलापसँगै सहकारी संस्थाबाट ऋण लिएर ऋण नतिर्ने ऋणीहरुबाट ऋण उठाउन सहजीकरण गर्नेछ ।

वडाबाट सूचना गएपछि पनि ऋणीहरूले ऋण तिर्न कुनै चासो नदेखाएमा वा सम्पर्कमा नआएमा त्यस्ता ऋणीहरूको सार्वजनिक आधारभूत सेवामा केकस्ता प्रतिबन्ध लगाउन सकिन्छ भन्ने विषयमा वडा अध्यक्ष र विभागलाई सुझाव दिनेछ । यस्तो कारबाही हुन सक्ने प्रावधानबारे सम्बन्धित ऋणीहरूलाई जानकारी गराउनेछ ।

सहकारी विभागलाई वडाभित्रका सहकारी संस्थाको वित्तीय अवस्था, बचत फिर्ता, ऋण असुली तथा सदस्य हित सम्बन्धी समस्याको जानकारी गराउनेछ । सहकारी संस्थामा सुशासन, पारदर्शिता तथा उत्तरदायित्व कायम गराउनेछ । सहकारी सम्बन्धी समस्या समाधानका लागि निकायगत समन्वय गर्नेछ । सहकारी संस्थाको वित्तीय सुशासन अन्तर्गत साधारण सभामा वित्तीय प्रस्ताव सम्बन्धी व्यवस्था, लेखा परीक्षण, कर कार्यालयमा सालबसाली कर दाखिलाको नियमितता जस्ता विषयमा जानकारी राख्नेछ ।

You may also like