बुधबारको धार्मिक महत्त्व : यी काम गर्दा जीवनमा समृद्धि आउने विश्वास

by समतल अनलाइन
43Shares

२०८३ साल जेठ १३ गते बुधबार, अधिक शुक्ल पक्षको एकादशी तिथि परेको छ । हिन्दु धर्ममा बुधबारलाई विशेष धार्मिक महत्वका साथ हेर्ने गरिन्छ । यो दिन बुद्धि, वाणी र व्यापारका कारक मानिने बुध ग्रहसँग सम्बन्धित भएकाले शुभ कार्य आरम्भ गर्न उपयुक्त मानिन्छ ।

धार्मिक विश्वासअनुसार बुधबार विशेषगरी भगवान गणेश र भगवान कृष्ण को पूजा–आराधना गर्ने चलन छ । कृष्णको पूजा तुलसीपत्रले गर्दा मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ । त्यसैगरी गणेश भगवानलाई सिन्दुर तथा लड्डु चढाउँदा बुद्धि, सफलता र शुभफल प्राप्त हुने धार्मिक मान्यता छ ।

हिन्दु शास्त्रमा गाईलाई पवित्र प्राणी मानिएको छ । बुधबार गाईलाई हरियो घाँस खुवाउने व्यक्तिमाथि देवी–देवताहरूको कृपा रहने विश्वास गरिन्छ । यस्तै, मुंगको दाल दान गर्दा दुःख–कष्ट कम हुने र ग्रहदोष शान्त हुने धार्मिक व्याख्या पाइन्छ ।

ज्योतिषशास्त्रका अनुसार जसको कुण्डलीमा बुध ग्रह कमजोर हुन्छ, उनीहरूले बुधबार व्रत बस्ने, हरियो वस्तु दान गर्ने तथा गणेशको पूजा गर्ने गरे सकारात्मक फल प्राप्त हुने विश्वास गरिन्छ । त्यसैले धेरै श्रद्धालुहरू बुधबारलाई पूजा, दान र शुभ कर्मका लागि विशेष दिनका रूपमा लिने गर्छन् ।

You may also like