बुटवल । वडा स्तरीय युवा क्लब बुटवल–१५ र आधारभूत स्वास्थ्य केन्द्र को संयुक्त आयोजनामा लागुऔषध दुव्र्यसन नियन्त्रणसम्बन्धी एकदिने सचेतना कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम बुटवल–१५ का वडा अध्यक्ष तथा बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव राना प्रमुख अतिथिको रूपमा सम्पन्न भएको हो।
कार्यक्रममा युवापुस्तामा बढ्दो लागुऔषध प्रयोग, यसको सामाजिक असर तथा रोकथामका उपायबारे छलफल गरिएको थियो। सहभागीहरूले समुदायस्तरबाट सचेतना फैलाउन सके लागुऔषध दुव्र्यसन न्यूनीकरणमा सकारात्मक प्रभाव पर्ने धारणा व्यक्त गरेका थिए।
प्रमुख अतिथि शिव रानाले समाजलाई स्वस्थ र सुरक्षित बनाउन युवा वर्ग सचेत हुन आवश्यक रहेको बताए। उनले यस्ता सचेतनामूलक कार्यक्रमले युवालाई गलत बाटोमा जानबाट रोक्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे।
कार्यक्रम आयोजकले “लागुऔषध दुव्र्यसन पूर्ण रूपमा अन्त्य हुन्छ वा हुँदैन भन्ने भविष्यले देखाउने भए पनि यस्ता अभियानले यसको न्यूनीकरणमा अवश्य सहयोग पुर्याउने” विश्वास व्यक्त गरेका छन्।
अन्त्यमा सहभागीहरूले “से नो टु ड्रग्स” भन्ने सन्देशसहित लागुऔषधविरुद्ध सामूहिक प्रतिबद्धता जनाएका थिए।


