कालिका आइसीटी क्लबको नयाँ कार्यसमिति गठन, डिजिटल नेतृत्व विस्तारमा जोड

by समतल अनलाइन
59Shares

बुटवल। आईसीटी क्लब अफ कालिकाले आइसीटी वर्ष २०८३/८४ का लागि आफ्नो पहिलो निर्वाचित बैठक सम्पन्न गर्दै नयाँ कार्यसमिति सार्वजनिक गरेको छ। उत्साहपूर्ण वातावरणमा सम्पन्न उक्त बैठकमा २९ जना बोर्ड सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो। बैठकले आगामी कार्यकालका योजना, प्रविधिमैत्री कार्यक्रम तथा राष्ट्रिय स्तरसम्म आइसीटी गतिविधि विस्तार गर्ने रणनीतिमा केन्द्रित भएर छलफल गरेको जनाएको छ।

क्लबको अध्यक्षमा रामित न्यौपाने चयन भएका छन् भने उपाध्यक्षमा अमन पोखरेल र आदित्य खनाल रहेका छन्। सचिवको जिम्मेवारी मनसुन पौडेलले पाएका छन् भने सह–सचिवमा समृद्ध पौडेल चयन भएका छन्। त्यस्तै, कोषाध्यक्षमा डेनिस चिडी र सह–कोषाध्यक्षमा अप्सरा राणा भाट चयन भएका छन्।

कार्यकारी प्रमुखको रूपमा शुसान्त गौतम नियुक्त भएका छन् भने कार्यक्रम संयोजकको जिम्मेवारी रौनक आचार्यलाई दिइएको छ। सूचना प्रविधि निर्देशकमा प्रशान्त पाण्डे र विराट पाण्डे रहेका छन्। सञ्चार टोलीमा आदर्श बन्जाडे र सृजन पाण्डे चयन भएका छन्।

कक्षा प्रतिनिधिहरूअन्तर्गत कक्षा ९ का नेता अकार्शन पौडेल तथा कक्षा १० का नेता प्रसून कँडेल रहेका छन्। विभिन्न विभागीय प्रतिनिधिहरूमा बिहान कम्प्युटर विज्ञान प्रतिनिधि अर्जुन खनाल, दिवा कम्प्युटर विज्ञान प्रतिनिधि सबिना अधिकारी, बिहान जीवविज्ञान प्रतिनिधि अनुसा अधिकारी, दिवा जीवविज्ञान प्रतिनिधि बिमर्ष बस्नेत तथा कानुन प्रतिनिधि एन्जल खत्री चयन भएका छन्। साथै रागिनी रेग्मी, अश्विन गौतम, बृन्दा ढकाल, विजय पन्थी, बिन्दु न्यौपाने, श्वेता लम्साल, रोशनी भट्टराई, आरध्या सुवेदी तथा आशीष जिएम लगायत सदस्यहरू कार्यकारी समितिमा समावेश छन्।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष रामित न्यौपानेले क्लबलाई विद्यालयको सीमाभन्दा बाहिर लैजाने र विद्यार्थीहरूलाई आधुनिक प्रविधिसँग जोड्ने लक्ष्य रहेको बताए। उनले डिजिटल युगमा विद्यार्थीहरूलाई व्यवहारिक सीप, नवप्रवर्तन क्षमता तथा नेतृत्व विकासका अवसर प्रदान गर्नु क्लबको प्राथमिकता हुने उल्लेख गरे।

क्लबले प्रत्येक महिनामा कम्तीमा दुई वटा आइसीटी सम्बन्धी कार्यक्रम आयोजना गर्ने निर्णयसमेत गरेको छ। आगामी वर्ष साइबर सुरक्षा, कृत्रिम बौद्धिकता, डिजिटल बजार व्यवस्थापन, रोबोटिक्स, प्रोग्रामिङ तथा उद्यमशीलता जस्ता विषयमा केन्द्रित कार्यशाला, तालिम र गोष्ठी सञ्चालन गरिने जनाइएको छ।

त्यसैगरी, स्थानीय व्यवसायी, उद्योगी तथा सामाजिक व्यक्तित्वहरूसँग सहकार्य गर्दै समुदायस्तरमा प्रविधिको पहुँच विस्तार गर्ने प्रतिबद्धता पनि बैठकले व्यक्त गरेको छ। सहभागी सदस्यहरूले नेपालमा आइसीटी शिक्षालाई अझ प्रभावकारी र व्यवहारिक बनाउन विद्यालय तहदेखि नै प्रविधिमैत्री वातावरण आवश्यक रहेको धारणा राखेका थिए।

बैठकको अन्त्यमा क्लबले राष्ट्रिय स्तरका आइसीटी प्रतियोगिता, नवप्रवर्तन कार्यक्रम तथा सीपमूलक तालिममार्फत विद्यार्थीहरूलाई सक्षम, आत्मनिर्भर र सिर्जनशील बनाउने लक्ष्यसहित निरन्तर अघि बढ्ने प्रतिबद्धता दोहोर्याएको छ।

You may also like