फर्सु पाण्डेयको नयाँ गीत ए माया तिम्रो साथ पाउन्नर सार्वजनिक (भिडियो लिंक )

by समतल अनलाइन
44Shares

बुटवल । विद्यालय जीवनको प्रेम सम्बन्धलाई चित्रण गर्दै फर्सु पाण्डेयको दोस्रो सांगीतिक कोसेली सार्वजनिक भएको छ ।

ए माया तिम्रो साथ पाउन्नर बोलको गीत सार्वजनिक गरिएको हो । पाण्डेयकै शब्द तथा संगीत रहेको उक्त गीतमा शान्ति श्री परियार र फर्सु पाण्डेयको स्वर रहेको छ ।

मौसम हिमालीको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको गीतमा गीता ढुंगाना र फर्सु पाण्डेयको अभिनय देख्न सकिन्छ । फर्सु पाण्डेय युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यो गीतले विद्यालय जीवनको प्रेम सम्बन्धलाई मुख्य विषय बनाएको छ । छोटो समयमै दर्शकहरूले गीतलाई रुचाएका छन्।

पाण्डेयले अस्मिता सान्नानीबाट सांगीतिक यात्रा सुरु गरेका हुन्। स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिकामा जन्मिएका पाण्डेय हाल काठमाडौंमा रहेर गीत–संगीत क्षेत्रमा सक्रिय छन्। उनले लोक तथा आधुनिक दुवै शैलीका गीतहरू निर्माण गर्दै आएका छन्।

You may also like