बुटवल ।बुटवलमा रहेको लायन्स क्लब अफ बुटवल खस्यौली ले वर्ष २०२६/०२७ का लागि नयाँ नेतृत्व चयन गरेको छ । क्लबको १७औँ अधिवेशनबाट सुमन रश्मी श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् ।
नयाँ कार्यसमितिअनुसार प्रथम उपाध्यक्षमा सन्तोष नेपाल, द्वितीय उपाध्यक्षमा महेश पौडेल क्षेत्री तथा तृतीय उपाध्यक्षमा कृष्ण श्रेष्ठ चयन भएका छन् । त्यसैगरी सचिवको जिम्मेवारी रेशम न्यौपानेले पाएका छन् भने कोषाध्यक्षमा प्रदीप ढकाल चयन भएका छन् ।
क्लबले विभिन्न विभागीय जिम्मेवारी समेत तोकेको छ । एलसीएफ कोअर्डिनेटरमा सन्दीप पौडेल, मेम्बरसिप चेयरम्यानमा राजन पाठक, जनसम्पर्क अधिकारी (पीआरओ) मा ओसिन श्रेष्ठ तथा सर्भिस चेयरम्यानमा तारा पुरी चयन भएको निर्वाचन आयुक्त राजु खत्रीले जानकारी दिए ।
अधिवेशन कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष मुक्ती प्रसाद श्रेष्ठ, पूर्व अध्यक्षहरू बाबुराम बोहोरा, गोपाल पाण्डे र विष्णु उपाध्यायलगायतले शुभकामना व्यक्त गरेका थिए ।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठले क्लबलाई अझ सक्रिय र प्रभावकारी बनाउँदै सामाजिक सेवामूलक कार्यक्रमलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे । उनले आगामी दिनमा शिक्षा, स्वास्थ्य र सामाजिक सेवासँग सम्बन्धित कार्यक्रमलाई विशेष रूपमा अघि बढाइने बताए ।








