80
काठमाडौँ।आज (सोमबार) दिउँसो २ बजेदेखि सुरु हुने बजेट अधिवेशनको पहिलो बैठकमै विपक्षी दलहरूले सरकारको कडा विरोध गर्ने तयारी गरेका छन्। विभिन्न अध्यादेश जारी गरिएको र सुकुम्वासी बस्तीमा डोजर चलाइएको विषयलाई लिएर विपक्षीले संसद्को पहिलो बैठकमै ‘प्रतिवाद’ गर्ने रणनीति बनाएका हुन्।
प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईका अनुसार विपक्षी दलहरूले आजै बिहान सभामुख डोलप्रसाद (डीपी) अर्याललाई भेटेर सदनमा आफ्ना कुरा राख्नका लागि समय उपलब्ध गराउन माग गरेका छन्।
सभामुखसँगको छलफलपछि राईले भने, ‘सरकारका पछिल्ला कदमहरू जनविरोधी रहेकाले हामीले संसद्मा प्रतिवाद गर्ने तयारी गरेका छौँ। सभामुखज्यू हाम्रो मागमा सकारात्मक हुनुहुन्छ, हामी आज बैठकमा आफ्ना धारणा स्पष्ट रूपमा राख्नेछौँ।’



