देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव : वर्षा र हिमपातको सम्भावना.

by समतल अनलाइन
38Shares

काठमाडौं । नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ । देशको हिमाली भूभागमा साधारणतया बादल लागेको र पहाडी भू–भागमा आंशिक बादल लागेको छ ।

साथै, तराई भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार, आज दिउँसो कोसी प्रदेशको पहाडी भू–भागलगायत देशका हिमाली भू–भागमा साधारणतया बादल लाग्ने, बाँकी पहाडी भू–भागमा आंशिक बादल लाग्ने र तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोसी प्रदेशको पहाडी र हिमाली भू–भागका थोरै तथा गण्डकी प्रदेशको पहाडी भूभागलगायत बाँकी हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षारहिमपातको सम्भावना छ ।

राति कोसी, बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लाग्ने, बाँकी हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने, तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

You may also like