स्वास्थ्य मन्त्री निशा मेहताको सम्पत्ति विवरण सार्वजनिक: ३० तोला सुन, काठमाडौंमा ७ आना जग्गा

by समतल अनलाइन
30Shares

काठमाडौं । स्वास्थ्य मन्त्री निशा मेहताले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेकी छन्। आइतबार सार्वजनिक विवरणअनुसार उनीसँग ३० तोला सुनका गरगहना रहेको उल्लेख छ।

सम्पत्ति विवरणमा मन्त्री मेहतासँग ५० तोला चाँदी समेत रहेको जनाइएको छ। उक्त सुन तथा चाँदीको स्रोत दाइजो, उपहार तथा स्वआर्जन रहेको उल्लेख गरिएको छ।

अचल सम्पत्तितर्फ काठमाडौंको सौखेल क्षेत्रमा उनको नाममा ७ आना जग्गा रहेको छ। उक्त जग्गाको स्रोत श्रीमान् र आफ्नै तलबका साथै ऋण रहेको विवरणमा जनाइएको छ।

बैंक मौज्दाततर्फ हेर्दा मन्त्री मेहताको माछापुच्छ्रे बैंकमा ७ लाख २३ हजार ५३५ रुपैयाँ र सानिमा बैंकमा १० लाख रुपैयाँ जम्मा रहेको छ।

यातायात साधनतर्फ उनले करिब २५ लाख रुपैयाँ मूल्यको ब्रान्ड आई१० गाडी रहेको उल्लेख गरेकी छन्। उक्त गाडीको खरिद मूल्य २५ लाख रुपैयाँ रहेको विवरणमा जनाइएको छ।

You may also like