गृहमन्त्री सुधन गुरुङको सम्पत्ति विवरण सार्वजनिक, धनकुटामा १९ रोपनीभन्दा बढी जग्गा

by समतल अनलाइन
77Shares

काठमाडौं । गृहमन्त्री सुधन गुरुङको नाममा उल्लेख्य मात्रामा जग्गा र सुनचाँदी रहेको पाइएको छ । सरकारले सार्वजनिक गरेको मन्त्रीहरूको सम्पत्ति विवरणअनुसार उनको नाममा धनकुटामा मात्रै १९ रोपनी १५ आना जग्गा छ । यो जग्गा उनले विभिन्न समयको लगानीबाट आर्जन गरेको जानकारी दिएका छन् ।

गृहमन्त्रीको पैतृक सम्पत्तितर्फ पनि ठूलो परिमाणमा जग्गा रहेको पाइएको छ । उनका पिता दिलबहादुर गुरुङको नाममा चितवनको भरतपुर–१८ गुञ्जनगरमा ३० कठ्ठा जग्गा छ ।

त्यस्तै, बाजे रामसल गुरुङ तथा परिवारको नाममा रहेको र अहिलेसम्म अंशबन्डा नभएको गोरखाको चुमनुब्रीस्थित २ सय २१ रोपनी जग्गा रहेको विवरणमा खुलाइएको छ ।

जिन्सी सम्पत्तितर्फ गृहमन्त्री गुरुङसँग ८९ तोला सुन रहेको छ । यसका साथै उनीसँग ६ किलो चाँदी समेत रहेको स्वघोषणा गरिएको छ ।

You may also like