राममणि बहुमुखी क्याम्पसमा रक्तदान कार्यक्रम सम्पन्न

by समतल अनलाइन
30Shares

रुपन्देही। रुपन्देहीको तिलोत्तमास्थित राममणि बहुमुखी क्याम्पसमा आज (बिहीबार) रक्तदान कार्यक्रम सम्पन्न भएको छ।क्याम्पसको स्वास्थ्य तथा सरसफाइ इकाइले आयोजना गरेको कार्यक्रमको उद्घाटन गर्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष ध्रुवकुमार थितालले रक्तदानमार्फत मानव कल्याणको काममा क्याम्पस विगतदेखि नै संलग्न हुँदै आएको बताउनुभयो।

इकाइका संयोजक विन्दु आचार्यको सभापतित्वमा आयोजित कार्यक्रममा क्याम्पस प्रमुख तारा प्रसाद पराजुलीले पाठ्यक्रमसँगै सामाजिक पाटोलाई पनि क्याम्पसका लागि महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो।

नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले रक्तदानप्रति राममणि क्याम्पस परिवारको लगाव उदाहरणीय रहेको बताउनुभयो।

क्याम्पसका प्राध्यापक, कर्मचारी र विद्यार्थी गरी ३५ जनाले रक्तदान गरेको इकाइका सदस्य नारायण खरालले जानकारी दिनुभयो।

क्याम्पसका सहायक प्राध्यापक कविता पन्थीको सञ्चालनमा आयोजित कार्यक्रममा रक्तसञ्चार सेवा केन्द्र बुटवलका प्राविधिकहरू प्रदीप खत्री, दीपक पोखरेल र सीमा दंगालले प्राविधिक संयोजन गर्नुभएको थियो।

सोही अवसरमा पहिलो पटक रक्तदान गर्ने रक्तदातालाई सचेतनासहित प्रोत्साहन कार्यक्रम सञ्चालन गर्नुका साथै रक्तदानपश्चात प्रमाणपत्र समेत वितरण गरिएको इकाइकी सदस्य मीना न्यौपानेले जानकारी दिनुभयो।

You may also like

This will close in 0 seconds