व्यापार संघद्वारा व्यवसाय व्यवस्थापन तालिम सम्पन्न

by समतल अनलाइन
28Shares

बुटवल। रुपन्देही व्यापार संघको आयोजनामा एकदिने व्यवसाय व्यवस्थापन तालिम सम्पन्न भएको छ। संघअन्तर्गतका विभिन्न वस्तुगत उपसमितिहरूलाई लक्षित गर्दै संघको सचिवालयमा तालिम आयोजना गरिएको हो।

संघका सचिव तथा कार्यक्रम संयोजक वृन्दा भट्टराई आचार्यका अनुसार तालिममा हार्डवेयर, औषधि, क्याम्पसन, पुस्तक तथा स्टेशनरी, ब्याग, जुत्ता–चप्पल, कस्मेटिक तथा गिफ्ट, पोल्ट्रीजन्य, सुनचाँदी, अटोमोबाइल्स, किराना, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स, महिला उद्यमी, डिलर्स, फेन्सी, गल्ला तथा खाद्यान्न, सूचना प्रविधि, कृषि, युवा उद्यमी, होजियारी, अन्तरदेशीय व्यापार समन्वय, थान कपडा, होटल तथा रेष्टुरेन्ट लगायत उपसमितिबाट प्रतिनिधिमूलक सहभागिता रहेको थियो।

तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि तथा संघका पूर्व अध्यक्ष पदमप्रसाद श्रेष्ठले वर्तमान परिस्थितिमा व्यवसाय सञ्चालनका लागि व्यावहारिक ज्ञान र सीपको विकास आवश्यक रहेको बताउनुभयो। उहाँले प्रतिस्पर्धात्मक बजारमा सफल हुन तालिममा सिकेका विषयलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो।

संघका कार्यवाहक अध्यक्ष दयानिधि भण्डारीले संघले आफ्ना व्यवसायी सदस्यहरूको क्षमता अभिवृद्धिका लागि आवश्यकताअनुसार तालिम, गोष्ठी, अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम निरन्तर सञ्चालन गर्दै जाने बताउनुभयो।

व्यवसाय व्यवस्थापन तालिममा संघका सल्लाहकार मुकुन्द ज्ञवालीले सहजीकरण गर्नुभएको थियो।

कार्यक्रम संघका कार्यवाहक अध्यक्ष दयानिधि भण्डारीको अध्यक्षता, महासचिव प्रकाशराज पौडेलको सञ्चालन तथा कार्यक्रम संयोजक एवं सचिव वृन्दा भट्टराई आचार्यको स्वागतमा सम्पन्न भएको थियो।

You may also like

This will close in 0 seconds