43
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएपछि यातायात व्यवसायीले भाडा समायोजनको माग गरेका थिए। सोही अनुसार सरकारले अधिकतम २२ प्रतिशतसम्म भाडा बढाएको जनाएको छ।
यातायात व्यवस्था विभागका अनुसार इन्धनको मूल्यमा ५ रुपैयाँसम्म घटबढ हुँदा भाडा समायोजन गर्ने व्यवस्थाअनुसार निर्णय गरिएको हो। संशोधित भाडादर आजैदेखि लागू भएको छ।
नयाँ व्यवस्थाअनुसार यात्रुबाहक सवारी साधनको भाडा १६.७१ प्रतिशतले बढेको छ। यस्तै, पहाडी क्षेत्रमा सञ्चालन हुने मालबाहक सवारी साधनमा २१.६८ प्रतिशत र तराई क्षेत्रमा सञ्चालन हुने मालबाहक सवारी साधनमा १५.७५ प्रतिशतले भाडा वृद्धि गरिएको छ।





