बुटवल।बुटवलमा जारी सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२ मा कपिलबस्तु –११ अन्तिम चारमा स्थान बनाएको छ । मंगलबार भएको रोमान्चक खेलमा पेनाल्टी शुटआउटमा ४–३ गोल अन्तरले सम्पूर्ण एफसीलाई पराजित गर्दै सेमीफाईनलमा प्रवेश गरेको हो ।
सिद्धेश्वर खेलमैदानमा भएको खेलको शुरुवातबाट नै समपूर्ण एफसीले आफनो पक्षमा राखेको थियो । खेलको दोस्रो मिनेटमा सम्पुर्णका का मयिक मगरले गोल गर्दै टिमलाई अग्रता दिलाए । सम्पूर्णकै मनिष थारुले खेलको १९ औ मिनेटमा गोल अन्तर दोब्बर बनाए । मयिकको पासमा थारुले गोल गरे । खेलको ३० औ मिनेटमा कपिलबस्तु ११ का सन्जु सेनले गोल गर्दै अन्तर कम गरे । दोस्रो हाफमा कपिलबस्तुले खेलमा फर्कदै बराबरी गर्न पुग्यो । खेलको ४० औ मिनेटमा पाएको कर्नरलाई ओम प्रकाश चौधरीले गोलमा परिणत गरे । निर्धारित समयमा थप गोल हुन सकेन । खेल पेनाल्टी शुटआउटमा धकेलियो । खेलमा कपिलबस्तुका स्याम बियाडी प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए । उनलाई ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले पुरस्कार वितरण गरे । बुधबार क्वाटरफाईनल खेलमा मोनस्टर गाईज सुनवल र अभिशेष चर्च रजहरका बिचमा खेल हुने क्लबका सचिव प्रकाश क्षेत्रीले बताए ।
रुपन्देहीमा नै सर्वाधिक राशिफलको क्लबद्धारा संचालन गरिएको गोल्डकप भएको आयोजक क्लबका अध्यक्ष सुजु मल्लको दाबी छ । प्रतियोगितामा प्रथम हुने टोलीले ५ लाख ५ हजार रुपैयाँ र उपविजेताले २ लाख ५५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, विभिन्न विधामा उत्कृष्ट खेलाडी तथा कोचलाई नगद पुरस्कारको व्यवस्था गरिएको क्लबका सचिव प्रकाश क्षेत्रीले बताए । प्रतियोगितामा रुपन्देहीसहित चितवन, नवलपरासी, कपिलबस्तुका गरि १२ क्लबहरुले भाग लिएका छन ।





