बुटवलमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

by समतल अनलाइन
215Shares

बुटवल।बुटवलमा गयराति सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ का ४३ वर्षीय डण्डपाणि भुर्तेल रहेका छन्। यो जानकारी इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख, डिएसपी निशान्त श्रीवास्तवले दिएका छन्।

दुर्घटना गयराति साढे १२ बजे बुटवल उपमहानगरपालिका–११ देविनगर मुस्कानपथस्थित भित्री सडकखण्डमा भएको हो। प्रहरीका अनुसार, पार्किङ गरी राखेको लु १ क ४८९३ नम्बरको टिप्परमा होराइजन चोकतर्फबाट देबसिद्ध चोकतर्फ जाँदै गरेको लु १८ प ११२३ नम्बरको मोटरसाइकल ठोक्किएको थियो।

ठोक्किएपछि गम्भीर घाइते भएका भुर्तेललाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको थियो, जहाँ उनको मृत्यु भएको हो। टिप्पर चालक ३२ वर्षीय दिनेश गुरूङ, जो पाल्पाको तिनाउ गाउँपालिका–३ झुम्सा घर भएका हुन् र हाल बुटवल–११ लालिगुँरासपथ बस्छन्, पक्राउ परेका छन्।

प्रहरीले टिप्पर नियन्त्रणमा लिएको छ र थप अनुसन्धान जारी रहेको छ।

You may also like

This will close in 0 seconds