दोस्रो सौभाग्य गोल्डकपमा देवदहको सहज जित

by समतल अनलाइन
55Shares

बुटवल। बुटवलमा जारी सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२ मा देवदह ब्यायज रुपन्देही विजयी हुदै अन्तिम चारमा स्थान बनाएको छ । सोमबार भएको पहिलो क्वाटरफाईनलमा हनामी बिएफसी चितवनलाई ६–० गोल अन्तरले पराजित गर्दै देवदह ब्यायज अन्तिम चारमा स्थान बनाएको हो ।

सिद्धेश्वर खेलमैदानमा भएको एकतर्फी खेलमा देवदहका एलेक्सले प्रतियोगिताकै पहिलो हयाट्रिक गरे । देवदहका कप्तान सुरज चौधरीले खेलको पाचौ मिनेटमा खाता खोलेका थिए । डिबक्स नजिकबाट गरेको चौधरीको प्रहार हनामीको गोलकिपरको हातमा लाग्दै जाली चुम्यो । विपक्षी टिमको डिफेन्सको कमजोरीलाई सदुपयोग गर्दै एलेक्सले खेलको ३० औ मिनेटमा दोस्रो गोल गरे । एलेक्सले डिबक्सबाहिरबाट गरेको देब्रे खुटटाको प्रहारबाट जाली चुमाउदै अन्तर थप बढाए । फोडे फोफानाले ३५ औ मिनेटमा चौथो गोल गरे । पहिलो हाफ ४ गोलेको अग्रता लिएको देवदह दोस्रो हाफमा थप २ गोल गरे । देवदहका क्याप्टेन सुरज चौधरीले खेलको ५० औ मिनेटमा ब्यक्तिगत दोस्रो गोल गरे भने खेलको ७१ औ मिनेटमा आफनो तेस्रो गोल गर्दै हयाट्रिक पुुरा गरे । उनि खेलमा प्लयेर अफ दी म्याचबाट पुरस्कृत भए ।

मंगलबार दोस्रो क्वाटरफाईनल खेलमा सम्पूर्ण एफसी तिलोत्तमा र कपिलबस्तु ११ कपिलबस्तुका बिचमा खेल हुने क्लबका अध्यक्ष सुजु मल्लले बताए । प्रतियोगिताको उपाधि विजेता टिमले ५ लाख ५ हजार रुपैयाँ र उपविजेताले २ लाख ५५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, विभिन्न विधामा उत्कृष्ट खेलाडी तथा कोचलाई नगद पुरस्कारको व्यवस्था गरिएको क्लबका सचिव प्रकाश क्षेत्रीले बताए । प्रतियोगितामा रुपन्देहीसहित चितवन, नवलपरासी, कपिलबस्तुका गरि १२ क्लबहरुले भाग लिएका छन ।

You may also like

This will close in 0 seconds